Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

प्रधानमन्त्रीको दसैँ शुभकामना : विपद् र परदेशिनुपर्ने बाध्यताबीच एकतामा जोड

प्रधानमन्त्रीको दसैँ शुभकामना : विपद् र परदेशिनुपर्ने बाध्यताबीच एकतामा जोड

images

इच्छाकामना न्युज

१, कार्तिक २०८३
प्रधानमन्त्रीको दसैँ शुभकामना : विपद् र परदेशिनुपर्ने बाध्यताबीच एकतामा जोड
images

काठमाडौं।प्रधानमन्त्री बालेन शाहले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै विपद्को पीडा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाउन आह्वान गर्नुभएकाेछ ।

शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएकाे हाे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्मा परेका नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताउनुभयाे।

उनले विगतका भूकम्प, महामारी तथा आन्दोलनपछिका कठिन परिस्थितिको स्मरण गर्दै यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएको विनाशले दसैँको खुसीसँगै शोक पनि थपिएको उल्लेख गर्नुभयाे।

बडादसैँलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको पर्वका रूपमा व्याख्या गर्दै उहाँले यसले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गर्नुभयाे।

रोजगारीका लागि युवाहरू विदेशिनुपर्ने बाध्यताप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले चाडपर्वमा गाउँघरका घरआँगन रित्तिँदै गएको बताउनुभएकाे छ। घर फर्कने चाहना हुँदाहुँदै पनि परदेशमा बस्न बाध्य लाखौँ नेपालीको अवस्था बदल्न सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ रहेकाेछ।

प्रधानमन्त्री शाहले सरकार देशको समृद्धि र नागरिकको सुखद जीविकाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै दसैँ कसैका लागि पनि आर्थिक बोझ बन्न नहुने बताउनुभएकाे हाे। नागरिकको आर्थिक सम्पन्नता र सुशासन कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको उहाँको भनाइ रहेकाे छ।

उहाँले आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्दै आपसी सद्भाव, एकता र उल्लासका साथ दसैँ मनाउन सबै नेपालीलाई आह्वान गर्नुभएकाे छ।

 

images
प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - ११:३१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology