Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

बाढी प्रभावित गोरखा, बागलुङ र धादिङका क्षेत्र विपद् संकटग्रस्त घोषणा

बाढी प्रभावित गोरखा, बागलुङ र धादिङका क्षेत्र विपद् संकटग्रस्त घोषणा

images

इच्छाकामना न्युज

३०, आश्विन २०८३
बाढी प्रभावित गोरखा, बागलुङ र धादिङका क्षेत्र विपद् संकटग्रस्त घोषणा
images
काठमाडौं। सरकारले बाढीपहिरोबाट प्रभावित गोरखा, बागलुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बागलुङका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिका, गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई लक्षित गरी उक्त निर्णय गरिएको हो।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाका अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित स्थानमा राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाउन सहज हुनेछ। यसले प्रक्रियागत जटिलता हटाउँदै कामलाई छिटोछरितो बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।

 

images
प्रकाशित मिति :आश्विन ३०, २०८३ शुक्रवार - १५:२६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology