Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीका १ सय वर्षीया मनकुमारीले बल्ल पाईन ज्येष्ठ नागरिक कार्ड

आँबुखैरेनीका १ सय वर्षीया मनकुमारीले बल्ल पाईन ज्येष्ठ नागरिक कार्ड

चित्र बहादुर गुरुङ

८, चैत्र २०७७
आँबुखैरेनीका १ सय वर्षीया मनकुमारीले बल्ल पाईन ज्येष्ठ नागरिक कार्ड
images

आँबुखैरेनी, ८ चैत । तनहुँ आँबुखैरेनी गाउँपालिका १ सत्रसयकी मनकुमारी श्रेष्ठले यहि पुस ५ गतेदेखि उमेरले ठ्याक्कै सय वर्ष कटिन्। वि.सं. १९७६ साल पुस ५ गते जन्मिनुभएकी सय वर्षीया मनकुमारीले आजसम्म पनिज्येष्ठ नागरिक परिचयपत्र पाएकी थिइनन्। जसका कारण सरकारले ज्येष्ठ नागरिकलाई दिने कुनै पनि सुविधाहरु उनीले पाउन सकेकी थिइनन्।

images
images

162439421_1005023256996260_3557985283377428190_n.jpg

अब भने उनीलाई सरकारले ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधा पाउने आशा जागेको छ। किनकी उनीले आज गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको हातबाट ज्येष्ठ नागरिक परिचयपत्र पाएकी छिन्। आईतबार देखि आँबुखैरेनी गाउँपालिकाले वडा वडामै ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य सुरु गरेसँगै बल्ल मनकुमारीले सय वर्षमा ज्येष्ठ नागरिक परिचय पत्र पाएकी हुन्। 

162694901_1005023246996261_5154361944484207040_n.jpg

ज्येष्ठ नागरिक परिचय पत्र पाएपछि उनले खुशी हुदै भनिन् - "अब मैले पनि भत्ता पाउने भो।"

गाउँपालिकाले आजदेखि सुरु गरिएको परिचयपत्र वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । 

यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्नेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताउनुभयो । पोख्नेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार चार सय भन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ । 

चैत ९ गते आँबुखैरेनी गाउँपालिका २ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । वडा नं ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिनेछ ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १४:४४:५२ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology