आज विश्वमा कोरोना सङ्क्रमणवाट २ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख १२ हजार २ सय ५३ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्र्डमिटरका अनुसार अहिले सम्म विश्वमा १२ करोड २४ लाख ७० हजार ४ सय ८० जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् ।
त्यस्तै विश्वमा २७ लाख ५ हजार २५ जनाको कोरोना सङ्क्रमणवाट मृत्यु भैसकेको छ भने ८९ हजार २ सय ६६ जना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वभर सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या ९ करोड ८७ लाख २७हजार ७ सय ७४ पुगेको छ । महामारीबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा सङ्क्रमणबाट ५ लाख ५२ हजार ४ सय ७० जनाको मृत्यु भैसकेको छ भने ३ करोड ३लाख ५८ हजार ८ सय ८० जना सङ्क्रमित भैसकेका छन् ।
अमेरिकामा २ करोड२५ लाख २३ हजार ७ सय ९९ जना सङ्क्रमणमुक्त भएका छन् । अमेरिकापछि ब्राजिल,भारत,रसिया, बेलायत, फ्रान्स लगायतका मुलुकहरु बढी प्रभावित छन् ।