Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

इच्छाकामना न्युज

२६, श्रावण २०८३
वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

काठमाडौ।वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ। प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ।

images

बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ। इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको जनाइएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीमा ढुंगा, माटो र लेदोसहितको पहिरो खसेको तथा लिपिङमा सडक भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको पासाङ ल्हामु सडकखण्ड अन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको मुनिबाट कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, रुकुम पश्चिमको भेरी करिडोर अन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ।

बाजुराको कर्णाली करिडोर अन्तर्गत जगन्नाथ गाउँपालिका–५ भुकाखोलामा पहिरो खसेपछि कालिकोट–हुम्ला सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। वर्षाका कारण सडकमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। 

images
प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १५:४९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology