Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मुग्लिनमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मुग्लिनमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

इच्छाकामना न्युज

२७, श्रावण २०८३
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मुग्लिनमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम
मुग्लिन।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इच्छाकामना गाउँपालिकाको आयोजना तथा इच्छाकामना जेसिजको सह-आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मुग्लिनमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ 
कार्यक्रममा युवा तथा स्थानीयवासीको सहभागितामा लागूऔषधको प्रयोगबाट हुने सामाजिक, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी असरबारे जानकारी गराइएको थियो। सहभागीहरूले लागूऔषध नियन्त्रणका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
 
कार्यक्रममा समुदाय–प्रहरी साझेदारीअन्तर्गत मुग्लिन स्थित प्रहरी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सचेतना कार्यक्रममा लागूऔषधबाट टाढा रहन, युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा जोड्न र समाजमा लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिन आग्रह गरिएको थियो।
 
कार्यक्रममा सहभागीहरूले लागूऔषधको जोखिमबारे जनचेतना फैलाउन आफूहरूले समेत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। लागूऔषधको कुलतबाट जोगाउँदै स्वस्थ,अनुशासित र जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गरिएकोआयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - १३:२३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology