Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते

ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते

इच्छाकामना न्युज

९, श्रावण २०८३
ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते

मुगु।मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् ।

images
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार बिहान करिब ४ः०० बजे पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो।
घटनामा जगनाथ र सृजनालाई सामान्य चोट लागेको छ । उनीहरू आफैं उपचारका लागि पुलु स्वास्थ्य चौकी पुगेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पहिरोमा च्यापिएका तीन वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोली र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएका थिए। प्रारम्भिक अवस्थामा उनको अवस्था मध्यम रहेको बताइएको थियो।

तर बिहान करिब ५ः४५ बजे उपचारकै क्रममा चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका छन्। पहिरोले उनीहरू बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। साथै घटनास्थल आसपासका अन्य ८ वटा घर पनि उच्च जोखिममा परेका छन्। जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

अधिकांशलाई पुलु बजारस्थित आफन्तको घरमा राखिएको छ भने सातआठ जनालाई पुलु स्वास्थ्य चौकीमा अस्थायी रूपमा आश्रय दिइएको छ। घटनास्थल प्रहरी चौकी डोल्फु पुलुबाट करिब ३०० मिटर पश्चिममा पर्छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

 
 

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - १४:३२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology