Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मोरङमा नाबालिकाको शव बीभत्स अवस्थामा फेला

मोरङमा नाबालिकाको शव बीभत्स अवस्थामा फेला

इच्छाकामना न्युज

९, श्रावण २०८३
मोरङमा नाबालिकाको शव बीभत्स अवस्थामा फेला

मोरङ । मोरङमा बीभत्स हत्या गरिएको एक नाबालिकाको शव फेला परेको छ।

images

सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्।

नाबालिका घरबाट हराएको केही समयपछि नजिकै रहेको घाँसघारीमा बीभत्स अवस्थामा शव भेटिएको हो। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शुक्रबार अपराह्नदेखि बालिका हराएकी थिइन्। परिवार र स्थानीयले खोजी गर्ने क्रममा घरबाट करिब २०० मिटर पूर्वतर्फ रहेको घारीमा शुक्रबार साँझ उनको शव फेला परेको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ एसपी कटवाल स्वयं घटनास्थल पुगेर अनुसन्धानमा खटिएका थिए। प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा थिएन भने तल्लो भागमा भने कपडा लगाएकै अवस्थामा थियो। प्रहरीका अनुसार बालिका घरबाट हराउँदा पनि माथिल्लो भागमा कपडा नलगाएको जानकारी आएको छ।

 

घटनास्थलको अवस्था र प्रारम्भिक अनुसन्धानका आधारमा तत्काल बलात्कार भएको संकेत नदेखिएको एसपी कटवालले बताए। उनका अनुसार घटनाको प्रकृति हेर्दा अभिभावकसँगको कुनै पुरानो रिसइबीका कारण बालिकाको हत्या गरेर शव घारीमा फालिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यसको पुष्टि हुन बाँकी रहेको उनले बताए।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। एसपी कटवालका अनुसार हत्याको कारण, घटनामा संलग्न व्यक्ति र घटनाको वास्तविक परिस्थिति अझै खुल्न सकेको छैन।

 

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - ०९:०९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology