Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मुग्लिनको थ्री सिस्टर थकाली र द मटका हाउसद्वारा १६ जना कर्मचारीहरूको भविष्य सुरक्षाका लागि प्रतिव्यक्ति १० लाखसम्मको बीमा सुविधा

मुग्लिनको थ्री सिस्टर थकाली र द मटका हाउसद्वारा १६ जना कर्मचारीहरूको भविष्य सुरक्षाका लागि प्रतिव्यक्ति १० लाखसम्मको बीमा सुविधा

इच्छाकामना न्युज

२८, जेठ २०८३
मुग्लिनको थ्री सिस्टर थकाली र द मटका हाउसद्वारा १६ जना कर्मचारीहरूको भविष्य सुरक्षाका लागि प्रतिव्यक्ति १० लाखसम्मको बीमा सुविधा
images

मुग्लिङ । व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभई कर्मचारीको जीवन र भविष्यप्रति जिम्मेवार बन्न सक्नुपर्छ भन्ने सन्देश दिँदै मुग्लिङस्थित थ्री सिस्टर थकाली र आबुखैरेनी स्थित द मटका हाउसले आफ्ना रेष्टुरेन्ट तथा क्याफेमा कार्यरत कर्मचारीहरूका लागि एक वर्ष अवधिको IGIP Health Plus Insurance उपलब्ध गराएको छ।

images
images

यस बीमा योजनाअन्तर्गत प्रत्येक कर्मचारीले दुर्घटनाबाट मृत्यु भएमा ७ लाख रुपैयाँ, स्वास्थ्य उपचारका लागि १ लाख रुपैयाँ, गम्भीर रोग उपचारका लागि १ लाख रुपैयाँ तथा दुर्घटनाजन्य उपचारका लागि १ लाख रुपैयाँ गरी कुल १० लाख रुपैयाँसम्मको सुरक्षा लाभ प्राप्त गर्नेछन्।

WhatsApp Image 2026-06-10 at 7.18.14 PM.jpeg

होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि यस प्रकारको समग्र बीमा सुविधा उपलब्ध गराउने पहल राजमार्ग क्षेत्रका व्यवसायहरूमा सम्भवतः पहिलो पटक गरिएको मानिएको छ। यस कदमले कर्मचारीहरूलाई आर्थिक सुरक्षाको अनुभूति मात्र गराएको छैन, उनीहरूको मनोबल र कार्यप्रतिको समर्पण पनि बढाउने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-06-10 at 6.46.36 PM.jpeg

आजको समयमा व्यवसायको सफलता केवल भवन, मेनु वा कारोबारले मात्र मापन हुँदैन, त्यसका पछाडि दिनरात खटिने कर्मचारीहरूको सम्मान र सुरक्षाले पनि निर्धारण गर्छ। यही सोचका साथ थ्री सिस्टर थकालीको व्यवस्थापन पक्षका अनुसार कर्मचारीलाई परिवारसरह मान्दै उनीहरूको भविष्य सुरक्षित बनाउने प्रयास गरेको जनाएको छ।

स्थानीय स्तरमा यस्तो अभ्यासले अन्य व्यवसाय, संघसंस्था तथा रोजगारदाताहरूलाई समेत कर्मचारीमैत्री नीति अवलम्बन गर्न प्रेरणा दिने विश्वास गरिएको छ। साना(साना सकारात्मक कदमहरूले नै समाजमा ठूलो परिवर्तनको आधार तयार गर्छन् भन्ने सन्देश यस पहलले दिएको छ।

WhatsApp Image 2026-06-10 at 6.46.22 PM.jpeg

व्यवसाय, समाज र मानवीय संवेदनाबीचको सम्बन्धलाई अझ बलियो बनाउने यस्ता उदाहरणीय अभ्यासहरू ग्रामीण क्षेत्रका लागि प्रेरणाको स्रोत बन्न सक्ने छ।

images
प्रकाशित मिति :जेठ २८, २०८३ बिहिवार - ०९:२४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology