Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा सामूहिक बलात्कारका आरोपी ८ वर्षपछि पक्राउ

चितवनमा सामूहिक बलात्कारका आरोपी ८ वर्षपछि पक्राउ

इच्छाकामना न्युज

२८, जेठ २०८३
चितवनमा सामूहिक बलात्कारका आरोपी ८ वर्षपछि पक्राउ
images

चितवन । ‘नेपाल प्रहरीको सीआईडी हौँ’ भन्दै एक महिला माथि सामूहिक बलात्कार गरेर भागेका व्यक्तिलाई चितवन प्रहरीले ८ वर्ष पछि पक्राउ गरेको छ ।

images
images

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ बस्ने सुमन दोङ भन्ने सुमन तामाङ छन् । उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०७५ साल असार ७ गते राति करिब २ बजे मोटरसाइकलमा आएका २ जना पुरुषले एक महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए ।

उनीहरुले आफूहरु इलाका प्रहरी कार्यालय टाँडीको ‘सीआईडी प्रहरी’ भएको भन्दै ‘केही जरुरी कुरा बुझ्नु छ, हामीसँग तुरुन्त जानुपर्छ’ भनेर पीडितका नाबालक छोरा समेतलाई मोटरसाइकलमा राखी प्रहरी कार्यालयतर्फ लैजाने भन्दै जंगलतर्फ लगेर जबर्जस्ती करणी गरेका थिए ।

सो घटनामा संलग्न चितवन कालिका नगरपालिका–३ बस्ने पुटम थिङलाई प्रहरीले पहिले नै पक्राउ गरी अनुसन्धानपछि चितवन जिल्ला अदालतबाट अपहरण तथा जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

अर्का अभियुक्त सुमन तामाङ भने फरार थिए । उनलाई खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको टोलीले यही जेठ २२ गते पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई चितवन जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०८३ बिहिवार - ०९:०५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology