Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

कुरिनटारको प्रगति पाठशालाको एसईइ नतिजा सर्वोत्कृष्ट, शतप्रतिशत विद्यार्थी उर्तीण

कुरिनटारको प्रगति पाठशालाको एसईइ नतिजा सर्वोत्कृष्ट, शतप्रतिशत विद्यार्थी उर्तीण

इच्छाकामना न्युज

२९, बैशाख २०८३
कुरिनटारको प्रगति पाठशालाको एसईइ नतिजा सर्वोत्कृष्ट, शतप्रतिशत विद्यार्थी उर्तीण

कुरिनटार । यसवर्षको एसइई परीक्षामा सहभागी विद्यार्थीको नतिजा अनुसार चितवनको कुरिनटारमा अवस्थित निजि विद्यालय प्रगति पाठशालाको नतिजा सर्वोत्कृष्ट आएको छ । नतिजा अनुसार उक्त विद्यालयबाट सहभागी ३० जना विद्यार्थीहरुमा सबै जना उर्तीण भएका छन् ।

images

यस्तै उर्तीण विद्यार्थीहरु मध्य ३.६ देखि ४ जिपिएसम्म ७ जना, ३.२ देखि ३.६ जिपिएसम्म २० जना र २.८ देखि ३.२ जिपिएसम्म ३ जनाले ल्याएका छन् । जसमध्य पनि रिवाज थापा मगरले सबैभन्दा बढि ३.९७ जिपिए ल्याएका छन् । उनको नतिजा हेर्दा इच्छाकामनाबाट एसइईमा सहभागी सबै विद्यार्थीहरु मध्य सबैभन्दा बढि जिपिए उनैले ल्याएका छन् । 

images
प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - ११:००:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology