Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रुपन्देहीमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ जना घाइते

रुपन्देहीमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ जना घाइते

इच्छाकामना न्युज

१६, बैशाख २०८३
रुपन्देहीमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ जना घाइते
images

बुटवल । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् ।

images
images

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरी चौकी देवदह खैरेनीका अनुसार दुर्घटनामा मृतकको नाम ठेगाना खुल्न बाँकी छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - १३:५४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology