Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण बन्द

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण बन्द

इच्छाकामना न्युज

१६, बैशाख २०८३
वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण बन्द
images

काठमाडौं । अविरल वर्षापछि बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ । क्षतिका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

images
images

प्रहरीका अनुसार गएरातिको भारी वर्षाले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएको छ । यसले राजमार्गमा जोखिम बढाएपछि आज बिहानदेखि सवारी सञ्चालन रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा यात्रु तथा सवारी चालकलाई उक्त राजमार्ग प्रयोग नगर्न आग्रह गरिएको छ । साथै, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
 
हाल सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । मौसममा सुधार आएपछि मात्र सवारी सञ्चालन पुनः सुरु हुने अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - ०८:०८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology