आँबुखैरेनी । आँबुखैरेनी वडा नं. ६ मा पहिलो पटक सडक कालोपत्रे हुदैछ । पालिकाको बजेटबाट हिलेखर्क खण्ड (२ किमि) र समस्तिपुर–गिरन्चौर खण्ड (करिब २ किमि) कालोपत्रे हुँदैछन्।
आँबुखैरेनी गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत हिलेखर्क सडक स्तरोन्नती योजना तीव्र रूपमा सञ्चालनमा रहेको छ। यस योजना अन्तर्गत जोगीनिभञ्ज्याङदेखि वडा न ६ को कार्यालयसम्मको सडक स्तरोन्नती हुँदैछ, जसको पहिलो चरणमा करिब २ किलोमिटर सडक कालोपत्रे गरिँदैछ।
यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा संघीय सरकारबाट विनियोजित करिब ६ करोड रुपैयाँ कार्यान्वयन भएमा यही आर्थिक वर्षभित्र हिलेखर्क–बरादी सडक पूर्ण स्तरोन्नती हुने अपेक्षा पालिकाले गरेको छ ।