Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्याे

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्याे

इच्छाकामना न्युज

२०, चैत्र २०८२
पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्याे
images

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । आजदेखि नयाँ मूल्य लागु भएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य २ सय रुपैयाँ पार गरेको छ ।

images
images

तेस्रो वर्गमा रहेका काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १८२ रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १९९ रुपैयाँ ५० पैसा पुगेको छ ।

डिजेल/मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ । दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य २०१ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १८१ रुपैयाँ पुगेको छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०८२ शुक्रवार - ०७:४२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology