चुम्लिङटार । दुर्घटनामा मृत्यु भएका तथा घाईते भएका परिवारलाई उचित क्षतिपूर्तिका साथै दोषीलाई कारबाही माग गर्दै स्थानीयले अवरुद्ध गरेको मुग्लिन–नौबिसे सडक सुचारु भएको छ ।
आज साँझ करिब ५ बजेतिर इच्छाकामना ३ चुम्लिङटारमा भएको दुर्घटनामा परि धादिङ बेनिघाट रोराङ गाउँपालिका ८ का ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठको मृत्यु भएको थियो भने उनका श्रीमान् स्कुटर चालक ४० वर्षीय टपलाल श्रेष्ठ घाईते भएका थिए ।
उक्त घटना पछि स्थानीयले मुग्लिन–नौबिसे सडक अवरुद्ध पारेको थियो । पिडित परिवार पक्ष र प्रशासन बिच राजमार्ग खुलाउने सहमती भएपछि अहिले बेलुका १० बजेदेखि राजमार्ग सूचारु भएको हो ।