Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैतडीमा ट्रक दुर्घटना : चालकसहित चार जना घाइते

बैतडीमा ट्रक दुर्घटना : चालकसहित चार जना घाइते

इच्छाकामना न्युज

७, चैत्र २०८२
बैतडीमा ट्रक दुर्घटना : चालकसहित चार जना घाइते
images

केशब राज भट्ट, वाशुलिङ बैतडी । बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

images
images

नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ख २८०९ नम्बरको करिब २० टन सिमेन्ट बोकेको ट्रक शुक्रबार राति करिब २ः१५ बजे दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकबाट करिब २०–२५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चारै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २५ वर्षीया निर्मला बिष्टको टाउकोमा चोट लागेको छ भने उहाँको अवस्था सामान्य रहेको छ । साथै उहाँका सात वर्षीय छोरा अविषेक बिष्टको टाउको र पाखुरामा चोट लागेको छ भने चार वर्षीय प्रियान्स बिष्टको अवस्था सामान्य रहेको छ । यस्तै, चालक ३६ वर्षीय कृष्ण बिष्ट सामान्य घाइते हुनुभएको छ ।

दुर्घटनाका कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी खोडपेका प्रहरी नायब निरीक्षक उदय खडायतले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र ७, २०८२ शनिवार - १०:४६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology