Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गरिबीले घरका ढोकामा झुन्डिए ताला

गरिबीले घरका ढोकामा झुन्डिए ताला

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०८२
गरिबीले घरका ढोकामा झुन्डिए ताला
images

बाजुरा।  बाजुराका अधिकांश गाउँबस्तीका घरको ढोकामा पछिल्लो समय ताला झुन्डिएको मात्र देखिने गरेको छ । गाउँमा बसेर गरिखाने केही उपाय नभएपछि अहिले यहाँका अधिकांश गाउँबस्तीका स्थानीय रोजगारीका लागि भारतका विभिन्न ठाउँमा रहेका छन् । भोको पेट पाल्नैका लागि यहाँका स्थानीय भारतमै बस्ने गरेकाले पछिल्लो समय यहाँ उनीहरूका घरमा ताला झुन्डिएको देखिने गरेको हो । 

बाजुराको बुढीगङ्गा–१०, बदेडाका स्थानीय कालु सार्कीले गाउँमा गरिखाने केही उपाय नभएपछि घरको ढोका बन्द गरेर पूरै परिवारका साथ भारत आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बास बस्नको समस्याले गाउँमा घर लगाए पनि घर लगाउँदा लागेको खर्च तिर्न परिवारसहित भारतमा आउँदा घरमा ताला लागेको हो ।”

भारतमा आएको झन्डै एक वर्ष भयो । घर लगाउँदा लागेको ऋण तिरेपछि मात्र घरको ताला खोलिने सार्कीले बताउनुभयो । यो पीडा बुढीगङ्गा नगरपालिका बदेडा कालु सार्कीको मात्र होइन । पीडा त यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका स्थानीयको पनि समस्या उस्तै हो । 

यहाँका अधिकांश स्थानीय लामो समयदेखि भारतकै भरमा गाउँमा गुजारा चलाउने गरेका छन् । अहिले यहाँका अधिकांश गाउँबस्ती युवाविहीन भएका छन् । यहाँका युवा धमाधम भारत जान थालेपछि अहिले यहाँका गाउँबस्ती युवाविहीन भएका हुन् । निर्वाचनको समयमा केही युवा गाउँमा आए पनि प्रायः अहिले उनीहरू पनि फेरि कामको खोजीमा भारत जाने गरेका छन् । गाउँको जनशक्ति यसरी बिदेसिन थालेपछि यहाँ घरको ढोकामा ताला मात्र होइन यहाँका अधिकांश बस्तीसमेत खाली हुँदै गएका छन् । गरिबीका कारण यहाँका स्थानीय भारतमा जान थालेपछि अहिले गाउँमा भएको जमिनसमेत बाँझो रहने गरेको छ । सिँचाइ सुविधा अभावका कारण खेती नहुने र लगाएको खेती पनि जङ्गली जनावरले सखाप पार्ने भएकोले स्थानीयको रोजाइ भारत नै भएको हो । 

स्थानीय सरकारले आफ्ना अधिकांश कार्यक्रम कृषि उत्पादनमा रहेको बताउँछन् । स्थानीय सरकारले गाउँमा सडक खानेपानीको विकास गरे पनि यहाँका युवाका लागि रोजगारमूलक कार्यक्रम नल्याउँदा अहिले यहाँका धेरै युवाले बिदेसिनु परेको स्थानीय मानबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नभुयो, “आफूले गाउँमै केही गरिखान्छु भनेर पसल राखेको छु । यहाँका स्थानीयको गाउँमा केही रोजगारी नहुँदा त्यो पसल राखेको सबै सामान उधारोमै जान्छ ।”    

images
प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - ०८:४९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology