Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

साझा मुद्दा बन्यो सिद्धार्थ राजमार्ग

साझा मुद्दा बन्यो सिद्धार्थ राजमार्ग

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०८२
साझा मुद्दा बन्यो सिद्धार्थ राजमार्ग
images

राधाकृष्ण डुम्रे, वालिङ (स्याङ्जा)। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आआफ्नो पक्षमा मत तान्नका लागि सबै दलले आआफ्नो योजना सार्वजनिक गरेका छन् । दलहरूको केन्द्रीय रणनीतिसँग मिल्ने योजनासहित पूर्वाधार, सुशासन र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल भौतिक पूर्वाधार तथा आधारभूत विषयलाई आफ्ना एजेन्डामा समेटेका छन् । सबै दलका उम्मेदवारले यहाँको सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषयलाई साझा मुद्दा बनाएका छन् । 

२०२९ वैशाख २५ मा तत्कालीन राजा वीरेन्द्रवीर विक्रमले उद्घाटन गर्नुभएको यो राजमार्ग भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । झन्डै ६० वर्ष पुरानो यो मार्ग साँघुरो, घुम्ती र जीर्ण बन्दै गइरहेका कारण हाल कालीगण्डकी कोरिडोरलगायतका वैकल्पिक मार्गको प्रयोग 

बढ्दो छ । जसले मार्ग वरपरका बजार ओझेलमा पर्ने स्थानीय चिन्ता बढेको छ । यस क्षेत्रको विकासका लागि सिद्धार्थ राजमार्ग महìवपूर्ण रूपमा हेरिन्छ । गएका केही निर्वाचनमा यो राजमार्गको मुद्दा निरन्तर उठ्ने गरेको छ । लामो समयदेखि स्तरोन्नतिको पर्खाइमा रहेको यो राजमार्गको विषयले धेरै मतदाताको ध्यान तान्ने गरेको छ । 

यहाँका मतदातालाई प्रभावमा पार्न दलका उम्मेदवारले यो सिद्धार्थ राजमार्गलाई चुनावी एजेन्डा बनाउँदै आएका छन् । यसअघि यही राजमार्गको नारा दिएर गोपालमान श्रेष्ठ, पद्माकुमारी अर्याल, धनराज गुरुङ, नारायण मरासिनी, राजु थापा निर्वाचित भइसकेका छन् तर हालसम्म राजमार्ग स्तरोन्नति अधुरै रहेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । वर्तमान सरकारले एसियाली पूर्वाधार लगानी बैङ्कबाट सिद्धार्थ राजमार्ग सुधारका लागि दुई मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेसका स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार भागवत प्रकाश मल्लले सिद्धार्थ राजमार्गलाई विशेष प्राथमिकता दिएर चुनावी एजेन्डा बनाएको दाबी गर्नुभयो । त्यसै गरी क्षेत्र नं. २ मा एमाले उम्मेदवार खिमबहादुर थापाले सिद्धार्थ राजमार्गको स्तरोन्नतिसँगै तराई पहाड जोड्ने उद्देश्यले कालीगण्डकी नदीमा जल यातायात सञ्चालन गर्ने योजना आफ्नो प्राथमिकता रहेको बताउनुभयो । 

क्षेत्र नं. १ का उम्मेदवार मीनप्रसाद गुरुङले सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी स्याङ्जा–पाल्पा–रुपन्देही आर्थिक कोरिडोरका रूपमा विकास गर्ने योजना अघि सार्नु भएको छ । स्याङ्जा क्षेत्र नं.१ का कांग्रेस उम्मेदवार भरतराज ढकालले आफू विजयी भएमा सिद्धार्थ राजमार्गलाई प्राथमिकता दिएर काम गर्ने दाबी गर्नुभयो । नेकपाका उम्मेदवारहरू शैलेन्द्र घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू धनन्जय रेग्मीलगायतका उम्मेदवारले पनि सिद्धार्थ राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आउनुभएको छ ।    

images
प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - १०:२८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology