Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज रातिदेखि मौन अवधि, के गर्ने के नगर्ने ?

आज रातिदेखि मौन अवधि, के गर्ने के नगर्ने ?

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०८२
आज रातिदेखि मौन अवधि, के गर्ने के नगर्ने ?
images

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा का लागि आज रातिदेखि मौन अवधि सुरु हुँदै छ । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने छ ।

मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा चुनाव प्रचार प्रसार गर्न वा भोट माग्न पाइने छैन । रातिदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल र उम्मेदवारले आज मतदाता रिझाउन अन्तिम कसरत गर्दै छन् । 

निर्वाचन आयोगका अनुसार मौन अवधि आज मध्यराति १२ बजेदेखि सुरु भएभएर मतदानको नसकिएसम्म लागु हुन्छ । निर्वाचनसम्बन्धी कानुनमा मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघिबाट मौन अवधि सुरु हुने व्यवस्था छ ।

मौन अवधिमा के गर्ने के नगर्ने ?

(१) निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।

(२) मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने।

(३) एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक
संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

(४) उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने।

(५) उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने । 

images
प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - ०९:५४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology