Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा

साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०८२
साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा
images

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार बारे उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै  व्यवसायिक क्लब फुटबलमा घाइते खेलाडीको उपचारको जिम्मा क्लबकै हुने प्रचलन रहेको उल्लेख गर्दै साम्बाको उपचारमा एन्फा सक्रिय रहेको उल्लेख गरेका छन् । साथै साम्बाले आफ्नो इच्छाअनुसार कतारमा उपचार गराउन चाहँदा एन्फाले आवश्यक सबै पहल र समन्वय गरिसकेको प्रवक्ता शाहले बताएका छन् ।

साम्बाको घुँडामा चोट लागेको विषयमा एन्फा पूर्णरूपले जानकार रहेको र र उनको उपचार सुनिश्चित गर्न सबै आवश्यक पहल गरिरहेको बताएका छन् । उनले भनेका छन्-‘राष्ट्रिय टोलीकी कप्तानलाई परेको यो पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा छ र उहाँलाई यथाशीघ्र मैदानमा फर्काउने हाम्रो प्रतिबद्धता छ ।’

एन्फाले औपचारिक पत्राचार मार्फत कतार फुटबल सङ्घसँग साम्बाको उपचारका लागि समन्वय गरिसकेको बताएको छ । यसअघि पनि राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता राना मगरको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोरेको थियो र ती खेलाडीहरू हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको एन्फाले उल्लेख गरेको छ ।

यसअघि साम्बाले सामाजिक सञ्जालमा एन्फा अध्यक्षले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्ने बाँकी खर्च आफै व्यवस्थापन गर्न भनेको उल्लेख गर्दै आम दर्शकसँग आफ्नो उपचारका लागि सहयोगको याचना गरेकी थिइन् । साम्बाको सो पोष्टपछि एन्फाका पदाधिकारीको सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ भने उनको उपचारको लागि सहयोग गर्ने क्रम सुरु भएको छ । सामाजिक सञ्जालमा आलोचना सुरु भएपछि एन्फाले आफूले पहल गरिरहेको भन्दै विज्ञप्ति निकालेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०८२ मंगलवार - ०८:३९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology