Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आईफोन १८ प्रोमा अपग्रेड गरिएको सेल्फी क्यामरा हुने चर्चा

आईफोन १८ प्रोमा अपग्रेड गरिएको सेल्फी क्यामरा हुने चर्चा

एजेन्सी

१२, फाल्गुण २०८२
आईफोन १८ प्रोमा अपग्रेड गरिएको सेल्फी क्यामरा हुने चर्चा
images

एप्पलले सम्पूर्ण आईफोन १८ लाइनअपमा सेल्फी क्यामरा अपग्रेड गर्नेछ भनि गत वर्ष नोभेम्बरमा एउटा रिपोर्टले दाबी गरेको थियो। अब एउटा नयाँ चर्चाले अपग्रेडलाई पुष्टि गरेका छ र सुधारिएको फ्रन्ट क्यामरा प्रो मोडेलहरूमा मात्र सीमित हुन सक्छ भन्ने सुझाव दिएको छ।

images
images

टिपस्टर ह्वाइल्याबका अनुसार, आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा २४ मगापिक्सेलको सेल्फी क्यामराहरू हुनेछन्। साथै टिपस्टर ह्वाइल्याबको हालको दाबी गत वर्षको नोभेम्बरको रिपोर्टसँग मिल्दोजुल्दो भएको बताइएको छ। गत वर्षको नोभेम्बरको रिपोटले पनि २४ मगापिक्सेलको फ्रन्ट सेन्सर अपग्रेडलाई औंल्याएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यदि यी अफवाहहरु सही भएको खण्डमा भने नयाँ सेन्सरले सेल्फी, भिडियो कल र लो–लाइट (कम प्रकाश भएको अवस्थाहरु) मा सेल्फीहरूको लागि सुधारिएको पर्फर्मेन्स (प्रदर्शन) प्रदान गर्नेछ।

त्यसैगरी आईफोन १८ प्रो लाइनअपमा धेरै सानो डायनामिक आइल्याण्ड पनि रहेको अफवाह बाहिरिएको छ र केही फेस आईडी कम्पोनेन्टहरू डिस्प्ले मुनि सर्ने बताइएको छ।

एप्पलले यो वर्ष सेप्टेम्बरमा आईफोन फोल्डसँगै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स अनावरण गर्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८२ मंगलवार - ०८:२८:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology