Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघ महिला समिति चितवनको आयोजनामा माङी पर्व मनाईयो

प्ये ल्हु संघ महिला समिति चितवनको आयोजनामा माङी पर्व मनाईयो

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
प्ये ल्हु संघ महिला समिति चितवनको आयोजनामा माङी पर्व मनाईयो
images

चितवन । तमू प्ये ल्हु संघ चितवनको महिला समितिको आयोजनामा गुरुङ समुदायको साँस्कृतिक पर्व माङी त्ही पर्व भव्य रुपमा मनाएको छ । मंगलबार चितवनको भरतपुर स्थित नौरंगेमा एक कार्यक्रमको आयोजना गरी पर्व मनाएको हो । 

images
images

गुरुङ समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक पर्व माङी गुरुङ पात्रो अनुसार हि कुहुन्द ङ्हि च्यु लसि त्हि मा सृष्टिकर्ता माङी (सात आमा) को उत्पत्ति भएको विश्वास गरिन्छ। ‘माँ’ अर्थात् आमा र ‘ङि’ अर्थात् सात आमाहरूको उत्पत्तिको दिनका रूपमा माङी त्हि नेपालसहित विश्वभर छरिएर रहेका गुरुङ समुदायले भव्य रूपमा मनाउने गर्छन्।

c3669c53-eb76-449f-abf8-14a7fbde146b.jpeg

यसै अवसरमा प्ये ल्हु संघ चितवनको महिला समितिले हरेक वर्ष झै यस वर्ष पनि क्होइवोमा खेगीगुरुहरु मार्फत पूजाआजा गरि भोज सहित भव्य रुपमा मनाएको हो । पूजाआजा पस्चात भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि तमू प्ये ल्हु संघ केन्द्रीय समितिका सल्लाहकार एवं पूर्व चितवन जिल्ला अध्यक्ष जगत बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा तमू प्ये ल्हु संघ महिला समिति चितवनका अध्यक्ष पूर्णीमा टु क्ल्हेप्री तमूको सभापतित्वमा सम्पन्न भएको हो । 

कार्यक्रममा तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमू, बागमती प्रदेश अध्यक्ष मीन बहादुर ल्हेगे तमू, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष बुद्धि तमू लगायतको उपस्थिति रहेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - २२:२५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology