Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

देशभर चुनावी गतिविधि बढ्यो, प्रचारमा होमिए उम्मेदवार

देशभर चुनावी गतिविधि बढ्यो, प्रचारमा होमिए उम्मेदवार

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
देशभर चुनावी गतिविधि बढ्यो, प्रचारमा होमिए उम्मेदवार
images

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न १६ दिन बाँकी रहँदा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार कार्यक्रम तीव्र बनाएका छन् ।

निर्वाचन आयोगले सोमबारदेखि फागुन १८ गतेसम्म निर्वाचनलाई दृष्टिगत गरी बृहत् जनसभा आयोजना गर्न खुला गरेपछि औपचारिक रूपमा देश निर्वाचनमय हुने भएको हो ।

आइतबारसम्म घरदैलो कार्यक्रम र सीमित क्षेत्रमा निर्वाचन प्रचारप्रसार सभामार्फत आफ्ना मुद्दा मतदातालाई बुझाइरहेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले सोमबारदेखि जनसभा गरेर निर्वाचन प्रचारप्रसार अगाडि बढाएका छन् । विघटित प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीसहित ६८ वटा राजनीतिक दल निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।

नयाँ, पुराना दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार १६५ क्षेत्रमा तीन हजार ४८४ उम्मेदवार छन् । स्वतन्त्रतर्फ एक हजार १८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिएको देशको परिस्थितिलाई समालेर अगाडि बढ्ने उद्देश्य र अठोटका साथ निर्वाचनमा होमिएका दलहरू आफ्नो पक्षमा माहोल बनाउन प्रयत्नरत छन् । उम्मेदवारहरू मतदाताका मुद्दा बुझ्दै मत माग्न व्यस्त छन् ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका केही दलले घोषणापत्र सार्वजनिक गरे पनि केही दल घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १०:५०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology