Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विराटनगरमा मध्यराति स्कोरपिओ दुर्घटना : ४२० किलो गाँजा बारमद, चालक फरार

विराटनगरमा मध्यराति स्कोरपिओ दुर्घटना : ४२० किलो गाँजा बारमद, चालक फरार

इच्छाकामना न्युज

३, फाल्गुण २०८२
विराटनगरमा मध्यराति स्कोरपिओ दुर्घटना : ४२० किलो गाँजा बारमद, चालक फरार
images

विराटनगर । विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहानका राति करिब १ बजेतिर भएको सवारी दुर्घटनाले ठूलो लागुऔषध कारोबारको रहस्य उजागर गरेको छ । 

images
images

बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडी अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेपछि घटनास्थल पुगेको प्रहरीले गाडीभित्र लुकाइछिपाइ राखिएको ४ सय २० किलो गाँजा बरामद गरेको हो । दुर्घटनापछि चालक फरार रहेकाले खोजी तीव्र पारिएको छ भने गाडी र बरामद गाँजालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित बनेर खाल्डोमा खसेको पाइएको छ । दुर्घटनाको सूचना पाउनासाथ सीआरभी बरगाछीबाट असई सन्तोष कटवाल र वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर साजन महतरा नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा गाडी सडक छेउको खाल्डोमा अड्किएको अवस्थामा थियो । तर, चालक भने थिएनन् ।

गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा सिट र डिक्कीको भागमा प्लास्टिकले बेरेर प्याक गरिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्कोरपिओको पछाडिको सिटमुनि र डिक्कीमा छुट्टाछुट्टै पोका बनाएर गाँजा लुकाइएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८२ आइतवार - ०९:२३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology