Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

स्थानीय तहको मूल्याङ्कनः इच्छाकामना गाउँपालिका बन्यो जिल्ला प्रथम

स्थानीय तहको मूल्याङ्कनः इच्छाकामना गाउँपालिका बन्यो जिल्ला प्रथम

इच्छाकामना न्युज

२, फाल्गुण २०८२
स्थानीय तहको मूल्याङ्कनः इच्छाकामना गाउँपालिका बन्यो जिल्ला प्रथम

कुनिरटार । स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा चितवनको इच्छाकामना गाउँपालिका जिल्ला प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका ७ वटा पालिका मध्य इच्छाकामना प्रथम भएको हो । 

images

आयोगले १७ वटा सूचकमा अङ्कसहित स्थानीय तहको मूल्याङ्कन गरेको हो । सो नतिजा अनुसार इच्छाकामनाले यसवर्ष ७४.३३ अङ्क ल्याई चितवनका अन्य छ पालिकालाई उछिनेको हो । अघिल्लो वर्ष इच्छाकामनाले ७२ अङ्क ल्याएको थियो ।

bitta aayog.jpg

इच्छाकामनाले पाएको अङ्कलाई नियालेर हेर्दा जिल्लाभर प्रथम हुनुका साथै बागमती प्रदेशभरका पालिकाहरु मध्य चौथो र प्रदशकै गाउँपालिकाहरु मध्यमा पनि पहिलो स्थानमा छ । 

आयोगको नतिजा अनुसार  भरतपुर महानगरपालिकाले ६८.४, माडी नगरपालिका ६७.१३, खैरहनी नगरपालिकाले ६५.१०, कालिका नगरपालिकाले ६४.५२
रत्ननगर नगरपालिकाले ६३.२३ र राप्ती नगरपालिकाले जम्मा ३६.२० अङ्क ल्याएको छ । 

15 copy.jpg

चितवनको राप्ती नगरपालिका वित्त आयोगको मूल्याङ्कनमा ‘फेल’ भएको छ । राप्ती नगरपालिकाले जम्मा ३६।२० अङ्क ल्याएको छ । अघिल्लो वर्ष राप्तीको ४३।३ अङ्क आएको थियो । देशभरमा सबैभन्दा कम अङ्क ल्याउने पालिकाभित्र राप्ती नगरपालिकाको नाम छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कुल १७ सूचकको मूल्याङ्कनमा असार १० गतेभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको विषय छ । राप्ती नगरपालिकाले गत असार १० भित्र बजेट ल्याउन सकेको थिएन । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेकोसमेत मूल्याङ्कन गरिएको थियो ।

आयोगका सूचना अधिकारी तथा उपसचिव विश्वरुप दाहालका अनुसार पालिकाको राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरूजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्नादर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसइई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपातको विषयमा पनि मूल्याङ्कन गरिएको थियो ।
आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको विषयमा पनि मूल्याङ्कन गरिएको थियो ।

माडी, रत्ननगर, खैरहनी नगरपालिकाले चारपटक गर्भ जाँच गर्ने महिलाको अनुपात, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुनेको महिलाको अनुपात, पूर्णखोप पाएका बालबालिकाको अनुपातका कागजात नै बुझाएनन्, जसका कारण यी विषयमा शून्य अङ्क पाए । भरतपुरले पनि पूर्णखोप बालबालिकाको अनुपातको कागजात पेस गर्न सकेन, यसमा भरतपुरको शून्य अङ्क छ ।

राप्ती नगरपालिकाको १७ सूचकमध्ये सातवटा सूचकमा शून्य अङ्क छ । कालिकाको पाँचवटा सूचकमा शून्य छ, इच्छाकामना चार सूचकमा शून्य छ, भरतपुर तीन सूचकमा शून्य छ । रत्ननगर र खैरहनीको छवटा सूचकमा शून्य अङ्क छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८२ शनिवार - १०:४८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology