Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

ललितपुरको कोन्ज्योसोममा ट्रक दुर्घटना, चार जानको मृत्यु

ललितपुरको कोन्ज्योसोममा ट्रक दुर्घटना, चार जानको मृत्यु

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८२
ललितपुरको कोन्ज्योसोममा ट्रक दुर्घटना, चार जानको मृत्यु
images

ललितपुर । ललितपुरको महाङ्काल र कोन्ज्योसोम गाउँपालिकाको सिमाना चौघरे बाउनडाँडामा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लेलेबाट कालेश्वर मन्दिरमा त्रिशुल चढाउन जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रक चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा रहेका त्यही ठाउँका गाडीधनी ४२ वर्षीय गणेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्रकमा रहेका अरु दुई पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा मृत्यु भएकाको परिचय खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८२ शनिवार - ०९:१३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology