Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आज भ्यालेन्टाइन डे: प्रेम र स्नेह साटासाट गरिँदै

आज भ्यालेन्टाइन डे: प्रेम र स्नेह साटासाट गरिँदै

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८२
आज भ्यालेन्टाइन डे: प्रेम र स्नेह साटासाट गरिँदै
images

काठमाण्डौ । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। नेपालसहित विश्वभर आज एकअर्काप्रति प्रेम र स्नेह साटासाट गरी यो दिवस मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ। पछिल्लो सयम नेपालमा पनि  ‘भ्यालेन्टाइन डे’ सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित हुँदै गएको छ। 

सामाजिक सञ्जालको तीव्र विकाससँगै यो संस्कृतिमा अझ बढोत्तरी भएको छ। त्यसमा पनि युवायुवतीबीच यो पर्व अझ लोकप्रिय बन्न थालेको छ। आजको दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्दै आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दै छ। 

विशेषगरी आजको दिन पार्क, सिनेमा हलसहितका मनोरञ्जलस्थलहरुमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ। ‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास छ। रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए। 

यही कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। उनको बलिदान र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको विश्वास छ।

भ्यालेन्टाइन डे अघि एक सातासम्म विभिन्न ‘डे’ हरू मनाउने चलन बढ्दै गएको छ। फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘किस डे’ र हग डे हुँदै अन्ततः ‘भ्यालेन्टाइन डे’ मनाइन्छ।

भ्यालेन्टाइन डेमा गुलाबको खपत धेरै हुन्छ। यस वर्ष नेपालमा चार लाख ५० हजार स्टिक गुलाबको माग आएको व्यवसायीले बताएका छन्। 

यस वर्ष भ्यालेन्टाइन डेमा ५ करोड ६२ लाखको गुलाब खपत हुने अनुमान छ। मागको ८० प्रतिशत गुलाब भारतबाट आयात हुने गरेको छ। 

images
प्रकाशित मिति :फाल्गुण २, २०८२ शनिवार - ०७:२१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology