Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भाराङमा चेपाङ विद्यार्थीलाई कम्प्युटर ल्याब

भाराङमा चेपाङ विद्यार्थीलाई कम्प्युटर ल्याब

इच्छाकामना न्युज

२९, माघ २०८२
भाराङमा चेपाङ विद्यार्थीलाई कम्प्युटर ल्याब
images

रत्ननगर । चेपाङ बालबालिकालाई प्रविधिमार्फत शिक्षा प्रदान गर्ने उद्देश्यले इच्छाकामना गाउँपालिकाको एउटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

images
images

वडा नं–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय भाराङमा सपना भिलेज सोसियल इम्प्याक्टले १० वटा ल्यापटप हस्तान्तरण तथा पुस्तकालय र कम्प्युटर ल्याब निर्माण गरेको हो । सपना भिलेजका संस्थापक ध्रुव गिरीले ल्यापटप हस्तान्तरण तथा पुस्तकालय र कम्प्युटर ल्याबको औपचारिक उद्घाटन गरेका छन् । यसअघि सपना भिलेज र इच्छाकामना गाउँपालिकाको संयुक्त लगानीमा उक्त विद्यालयको भवन निर्माण गरिएको थियो ।

विद्यालयमा कम्प्युटर ल्याब र पुस्तकालयको अभाव थियो । विद्यालयलाई भवन, फर्निचर, ल्यापटप, पुस्तकालय तथा विद्यार्थीहरुलाई कुपोषणबाट जोगाउन बिहानको ब्रेड तथा दिउँसोको खाजा उपलब्ध गराइएको अध्यक्ष गिरीले बताए । चेपाङ समुदायका घरमा खानेकुरा अभावका कारण भोकै विद्यालय आउनुपर्ने बाध्यताको अन्त्य गर्न ब्रेड तथा दिउँसोको खाजा उपलब्ध गराएको उनको भनाइ छ ।

सपना भिलेजको सहयोगले विद्यालयमा आशा, उज्यालो र भविष्यप्रतिको भरोसा बढेको, भौतिक संरचना मजबुत बनेको, विद्यार्थी संख्या वृद्धि भएको तथा शिक्षा र पोषणमा परिवर्तन भएको विद्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २९, २०८२ बिहिवार - १०:१५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology