Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

इच्छाकामना न्युज

२४, माघ २०८२
चितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
images

चितवन । भरतपुर महानगरपालिका–१६ स्थित छाहारी चोक नजिकै मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटना हिजो माघ २३ गते साँझ करिब ६ः३० बजेको समयमा भएको हो।

images
images

ना ६ ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ३१ प २११४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ निवासी २८ वर्षीय कुलबहादुर मगर गम्भीर घाइते भएका थिए। घाइते मगरको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा माघ २४ गते बिहान १ः५१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुबै सवारी साधन र मिनी ट्रक चालक भरतपुर महानगरपालिका–१ रामनगर निवासी ५२ वर्षीय अम्मर थापा वडा प्रहरी कार्यालय नारायणगढको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :माघ २४, २०८२ शनिवार - ०९:०५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology