Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मतपत्र छपाइमा आयोगको 'रफ्तार': २५ जिल्लाको काम सकियो, ६० जिल्लाको प्याकिङ हुँदै

मतपत्र छपाइमा आयोगको 'रफ्तार': २५ जिल्लाको काम सकियो, ६० जिल्लाको प्याकिङ हुँदै

images

इच्छाकामना न्युज

२३, माघ २०८२
मतपत्र छपाइमा आयोगको 'रफ्तार': २५ जिल्लाको काम सकियो, ६० जिल्लाको प्याकिङ हुँदै
images

काठमाडौँ ।  निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतपत्र छपाइ र व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आयोगले दिएको पछिल्लो जानकारी अनुसार डोल्पा, मुगु, जुम्ला, हुम्ला, जाजरकोट, सुर्खेत, कैलाली र कञ्चनपुरसहित २५ वटा जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ र प्याकिङ गर्ने काम पूर्ण रूपमा सम्पन्न भइसकेको छ।

यसबाहेक अन्य ६० वटा जिल्लाको मतपत्र पनि छपाइ भइसकेको छ, तर ती मतपत्रहरू प्याकिङ गर्ने प्रक्रिया भने अझै बाँकी रहेको आयोगले जनाएको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम अहिले अन्तिम चरणमा पुगेको छ र प्याकिङ सकिएका मतपत्रहरूलाई क्रमशः सुरक्षित स्थानमा भण्डारण गर्ने काम भइरहेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आवश्यक पर्ने सबै मतपत्रहरूको छपाइ कार्य यसअघि नै सकिइसकेको छ। आयोगका अनुसार २ करोड ८ लाख ३० हजार थान समानुपातिक मतपत्रहरू छपाइ, प्याकिङ र रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। प्रत्यक्षतर्फ भने कुल २ करोड ३ लाख २३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने लक्ष्य रहेकोमा माघ १६ गतेदेखि सुरु भएको यो काम निकै द्रुत गतिमा अघि बढेको छ। मतदाता शिक्षाका लागि करिब ११ लाख थान नमुना मतपत्रहरू पनि छपाइ गरी विभिन्न जिल्लाहरूमा पठाइसकिएको आयोगले जानकारी दिएको छ।

आयोगले मतपत्रको सुरक्षा र ढुवानीका लागि विशेष योजना बनाएको छ। छपाइ र प्याकिङ सकिएका मतपत्रहरूलाई नेपाली सेनाको सुरक्षा घेरामा सम्बन्धित निर्वाचन क्षेत्रहरूमा पुर्‍याइनेछ। दुर्गम हिमाली जिल्लाहरूमा मतपत्र ढुवानी गर्न हेलिकप्टरको प्रयोग गर्ने तयारी समेत गरिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले जनशक्ति र प्रविधिको अधिकतम प्रयोग गरी मतदान सामग्रीको व्यवस्थापन गरिरहेको छ। यसपटकको मतपत्र छपाइमा गुणस्तर र सुरक्षालाई विशेष प्राथमिकता दिइएको आयोगका अधिकारीहरूले बताएका छन्।

images
प्रकाशित मिति :माघ २३, २०८२ शुक्रवार - ०७:५४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology