Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको कुयलघारीमा ३३ घरधुरीको लागि सुरक्षित खानेपानी संचालन गापा अध्यक्ष गुरुङद्वारा उद्घाटन

इच्छाकामनाको कुयलघारीमा ३३ घरधुरीको लागि सुरक्षित खानेपानी संचालन गापा अध्यक्ष गुरुङद्वारा उद्घाटन

इच्छाकामना न्युज

२२, माघ २०८२
इच्छाकामनाको कुयलघारीमा ३३ घरधुरीको लागि सुरक्षित खानेपानी संचालन गापा अध्यक्ष गुरुङद्वारा उद्घाटन
images

कुयलघारी । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. ६ कुयलघारीको ३३ घरमा  स्वच्छ सुरक्षित खानेपानीको सुविधा पुगेको छ । गोरखा वेल्फेयर ट्रष्ट र स्थानीयको सहभागितामा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आज एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो ।  

images
images

सो अवसरमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामनाका नागरिकलाई घरघरमा  स्वच्छ सुरक्षित खानेपानी पु-याउनका लागि गाउँपालिकाले विभिन्न संघसस्थाहरुसँग सहकार्य गरिरहेको बताउनुभयो ।यहाँका स्थानीयका लागि स्वच्छ सुरक्षित खानेपानीका लागि सहयोग गरेकोमा गोरखा वेल्फेयर ट्रष्टलाई धन्यवाद दिनुभयो ।

गोर्खा वेलफेरयका क्षेत्रीय डाइरेक्टर रिटायर्ड मेजर दिलिप गुरुङले उक्त खानेपानी आयोजनाको आजै उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । गोर्खा वेल्फेयर ट्रष्ट (GWT) ले २०८२ कार्तिक २० गतेबाट निर्माण चरण सुरु गरी आज खानेपानी आयोजनाको हस्तान्तरण गरिएको हो । 

दुम्सी दुलो मूलको पानीबाट तीन महिनामै सम्पन्न खानेपानी आयोजना बाट ३३ घरमा सुरक्षित खानेपानीको सुविधा पुगेको छ । आयोजनाबाट ९२ जना महिला र ९७ पुरुष गरी १ सय ८९ जना लाभान्वित भएका छन् ।

आयोजनाबाट स्थानीय समुदायलाई सुरक्षित तथा स्वच्छ खानेपानी सेवा उपलब्ध भएपछि सरसफाइ अवस्थाको सुधार भई जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको गरिएको छ । 

कुल ५६ लाख ९१ हजार ५३१ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको लागि गोर्खा वेल्फेयर ट्रष्टले ४५ लाख ५३ हजार ३१ रुपैयाँ लगानी गरेको छ । उपभोक्ताको तर्फबाट भने ११ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको लगानी छ ।

कोयलघारी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष काजीलाल गुरुङको अध्यक्षतामा उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।  

images
प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - १०:१४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology