Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बौद्धमा १ करोडको गहना चोरलाई प्रहरीले गोली हानेर समात्यो

बौद्धमा १ करोडको गहना चोरलाई प्रहरीले गोली हानेर समात्यो

इच्छाकामना न्युज

२२, माघ २०८२
बौद्धमा १ करोडको गहना चोरलाई प्रहरीले गोली हानेर समात्यो
images

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

images
images

गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन् । नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । प्रहरीले उनलाई १ राउण्ड गोली प्रहार गरेको थियो ।

मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

माघ १७ मा भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । सो चोरीमा पनि थारुकै संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - ०९:३७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology