Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबुखैरेनी क्याम्पसमा ब्याडमिन्टन कोर्ट निर्माण हुने

आँबुखैरेनी क्याम्पसमा ब्याडमिन्टन कोर्ट निर्माण हुने

इच्छाकामना न्युज

२०, माघ २०८२
आँबुखैरेनी क्याम्पसमा ब्याडमिन्टन कोर्ट निर्माण हुने
आँबुखैरेनी । आँबुखैरेनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस हाताभित्र ब्याडमिन्टन कोर्ट निर्माण गर्ने भएको छ।

विद्यार्थीहरूको खेलकुद विकास गर्नुका साथै स्वस्थ शैक्षिक वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले ब्याडमिन्टन कोर्ट निर्माण गर्न लागिएको स्ववियु सभापति निशान मगरले जानकारी दिनुभयो।

सभापति मगरका अनुसार कोर्ट निर्माणका लागि आवश्यक स्टिमेट तयार भइसकेको छ भने केही दिनभित्रै निर्माण कार्य सुरु गरिनेछ। क्याम्पसमा खेलकुद पूर्वाधार विस्तार भएपछि विद्यार्थीहरूलाई अध्ययनसँगै शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

images
प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - १२:४१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology