Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया

आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया

इच्छाकामना न्युज

२०, माघ २०८२
आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया
images
आँबुखैरेनी (तनहुँ)। आँबुखैरेनी गाउँपालिकाद्वारा नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
 
२०८२ साल माघ १३ गतेदेखि सञ्चालन भएको शिविर अन्तर्गत माघ १३, १४ र १५ गते मोतियाबिन्दु छनोट कार्यक्रम गरिएको थियो। उक्त अवधिमा ६०० जनाको ओपीडी परीक्षण गरिएकोमा ११७ जनामा मोतियाबिन्दु रोगको पहिचान भएको थियो।
 
पहिचान भएका बिरामीहरूमध्ये माघ १६ र १७ गते गरी ८९ जनाको सफल मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ। शिविरबाट स्थानीय नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

images
प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - १०:५०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology