Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल टी-२० विश्वकप, सुपर आठ, सम्भावना, चुनौती र सपना

नेपाल टी-२० विश्वकप, सुपर आठ, सम्भावना, चुनौती र सपना

इच्छाकामना न्युज

१८, माघ २०८२
नेपाल टी-२० विश्वकप, सुपर आठ, सम्भावना, चुनौती र सपना
images

काठमाडौं। क्रिकेटको महाकुम्भ भनेर परिचत टी-२० विश्वकप २०२६ सुरु हुन अब गनेर नै भन्नु पर्दा केही दिन मात्रै बाँकी छ । विश्वकप नजिकिँदै गर्दा देश तथा विदेशमा रहेका क्रिकेट समर्थकहरूमा उत्साहको माहौल बनिरहेकाे छ । ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने प्रतियोगितामा नेपाल पनि सहभागिता जनाउँदै छ । नेपालले टी-२० विश्वकपमा समग्रमा तेस्रो पटक र लगातार दाेस्राे पटक खेल्दै छ ।

images
images

अघिल्लो विश्वकपमा जित विहीन बनेको नेपाल यश पटककाे विश्वकपमा भने सानदार प्रदर्शन गर्ने तयारीमा छ । नेपालकाे लक्ष्य विश्वकपमा खेल जित्ने मात्र होइन यसपालि भने सुपर आठमा पुग्ने पनि रहेकाे छ। तर, बलियो राष्ट्रहरूको समूहका रहेको नेपाललाई सुपर आठमा स्थान बनाउन त्यति सजिलो भने छैन ।

तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको नेपाल यति बेला भारतको मुम्बईमा छ, जहाँ ऊ मुम्बईको घरेलु टोलीसँग अभ्यास खेल खेलिरहेको छ । विश्वकपजस्तो ठूलो प्रतियोगिताअघि बलियो राष्ट्रसँग खेल्न नपाएको नेपालले घरेलु टोलीसँगै भएपनि अभ्यास खेलहरू खेलिरहेकाे छ।

टी-२० विश्वकपअघि राम्रो टाेलीहरूसङ्ग अभ्यास खेल खेल्न नपाएको नेपालले प्रतियोगितामा कस्तो प्रदर्शन गर्ला भन्ने बहस समर्थकहरूमा चलिरहेको छ । तर, राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले भने यसपालि नेपालको लक्ष्य सुपर आठको रहेको बताएका छन् । हुन त यो सम्भव पनि छ । नेपालको समूहमा केही बलिया राष्ट्र भए पनि केही भने नेपालजस्तै सङ्घर्षशील राष्ट्र समेत रहेका छन् ।

आउँदो टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शनको अपेक्षामा रहेको नेपालका केही कमी कमजोरी पनि छन्, जसले नेपाललाई सुपर आठ त के समूह चरणमा खेल जित्न गाह्रो हुनसक्छ । नेपालको प्रमुख कमजोरी हो ब्याटिङ । नेपाल प्रायः महत्त्वपूर्ण खेलहरूमा खराब ब्याटिङ गर्दै आइरहेको छ । खेलनडीअरूमा सधैँ अनुभवको कमी देखिन्छ । उदाहरणको रूपमा हामीले सन् २०२४ को टी-२० विश्वकपलाई लिन सक्छौँ । प्रतियोगितामा नेपालले निकै खराब गरेको थियो । आसन्न टी-२० विश्वकपमा नेपालले सुधारिएको ब्याटिङ गर्न सकेन भने खेल जित्न गाह्रो हुनेछ । नेपालको अर्को ठूलो कमजोरी हो डेथ ओभर बलिङ । समग्रमा हेर्दा नेपालको बलिङ ठिकठाक छ । अझ भनौँ नेपालको प्रमुख हतियार नै बलिङ हो । नेपाली बलरहरू सुरुवाती १२-१४ ओभरमा उत्कृष्ट लयमा हुन्छन् तर अन्तिमका केही ओभरमा भने उनीहरूले लय गुमाएको देखिन्छ । यही खराब लयका कारण नेपालले डेथ ओभरमा धेरै रन खर्चिरहेको हुन्छ ।

टी-२० क्रिकेटमा अन्तिमका केही ओभर सबैभन्दा महत्त्वपूर्ण हुन्छन् । यो समयमा प्राय - फास्ट बलर बलिङ गर्ने गर्छन् । विगतको प्रदर्शन हेर्दा पनि नेपालले डेथ ओभरमा निकै खराब प्रदर्शन गरेको छ । त्यस्तै, आसन्न टी-२० विश्वकपमा नेपालले सानदार प्रदर्शन देखाउन डेथ ओभरमा उत्कृष्ट बलिङ गर्न आवश्यक छ ।

त्यस्तै, फिनिसिङ पनि नेपालको ठूलो समस्या बन्दै आएकाे छ । टी-२० क्रिकेटमा अन्तिमका ओभरमा उत्कृष्ट बलिङका साथै ब्याटिङ पनि सानदार गर्न आवश्यक हुन्छ । अन्तिमका केही ओभरको ब्याटिङले नै खेलको नतिजा प्रस्ट हुन्छ । नेपाली टोलीमा प्रतिभाशाली ब्याटर त धेरै छन् तर पावर हिटर खास्सै छैनन् । नेपालको समस्या याे पनि हाे। टी-२० क्रिकेटलाई पावरको खेल पनि भन्ने भनिन्छ ।

त्यस्तै, नेपालले ठूलो प्रतियोगिताहरुमा फिल्डिङ पनि राम्रो गर्न सकेको छैन । खराब फिल्डिङकै कारण विपक्षी ब्याटरहरु नेपालमाथि दबाबमा पर्दैनन् । फिल्डिङ पनि क्रिकेटको एउटा महत्त्वपूर्ण पार्ट हो, जसलाई सदुपयोग गर्न सकिएन भने आफैँलाई घाटा हुन्छ । त्यसैले पनि आसन्न टी-२० विश्वकपमा नेपालले सुधारिएको फिल्डिङ गर्न आवश्यक छ ।

त्यस्तै, नेपाललाई ठूलो टिमविरुद्ध पनि खासै अनुभव छैन । उसले ठूलो प्रतियोगिताबाहेक बलियो राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउँदैन । टी-२० विश्वकपको वार्म अप खेलमा पनि नेपालले बलियो प्रतिस्पर्धी पाउन सकेन, जसले नेपाललाई विश्वकपका खेलमा एक्कासी बलियो राष्ट्रविरुद्ध राम्रो प्रदर्शन गर्न गाह्रो हुनसक्छ ।

टी-२० विश्वकपमा नेपालको समूहमा पनि इंग्ल्याण्ड र वेष्ट इण्डिजजस्ता बलिया राष्ट्रहरू छन् । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा इंग्ल्याण्डको सामना गर्दै छ । वेष्ट इण्डिजसँग भने नेपालले सन् २०२५ मा तीन खेलको टी-२० सिरिज खेलेको थियो, जहाँ नेपाल २-१ ले विजयी पनि भएको थियो । तर, विश्वकपमा भने यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

समूहमा रहेको स्कटल्याण्ड र इटाली भने नेपालकै स्तरमा टिम हुन् । उनीहरुविरुद्ध नेपालले कस्तो प्रदर्शन गर्नेछ त्यो खेलपछि नै थाहा हुनेछ । सुपर आठमा स्थान बनाउने लक्ष्य रोखेको नेपालले प्रतियोगितामा सानदार प्रदर्शन गर्न आवश्यक छ ।

नेपालले सिधै सुपर आठमा स्थान बनाउन समूह चरणका चार खेलमध्ये तीनमा विजयी हासिल गर्नुपर्छ । तीन खेल जित्न नसकेको खण्डमा पनि नेपालले उत्कृष्ट रन रेटका साथ दुई खेल जिते पनि सुपर आठ सम्भावना कायमै हुनेछ ।

टी-२० विश्वकपमा नेपाल चार वटै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्नेछ । त्यहाँको पिच ब्याटिङ र फास्ट बलरलाई उपयुक्त मानिन्छ । तर, कहिलेकाहीँ मुम्बईको पिचले स्पिनरलाई पनि धेरै मद्दत गर्ने गरेकाे पाइन्छ।

वानखेडेकोमा प्राय : पछि ब्याटिङ गर्ने टोली विजयी हासिल गरेकाे इतिहास रहेकाे छ । त्यसैले नेपालले खेलमा टस जित्न पनि आवश्यक छ । टी-२० विश्वकपमा नेपालले पहिलो खेल ७ फेब्रुअरीमा इंग्ल्याण्डविरुद्ध खेल्नेछ ।

प्रतियोगितामा नेपालले दोस्रो खेल १२ फेब्रुअरीमा इटाली, तेस्रो खेल १५ फेब्रुअरीमा वेष्ट इण्डिज र चौथो तथा समूह चरणको अन्तिम १७ फेब्रुअरीमा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेकाे छ । यसपालिको टी-२० विश्वकप भारतमा आयोजना भइरहँदा त्यहाँ नेपाली टोलीले दर्शकको पनि राम्रो साथ पाउने अपेक्षा गरिएकाे छ।

 

images
प्रकाशित मिति :माघ १८, २०८२ आइतवार - ०८:३७:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology