Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा एआई एक्स रे द्वारा क्षयरोग खोज पड्ताल क्याम्प र नसर्ने रोग परिक्षण

इच्छाकामनामा एआई एक्स रे द्वारा क्षयरोग खोज पड्ताल क्याम्प र नसर्ने रोग परिक्षण

इच्छाकामना न्युज

१८, माघ २०८२
इच्छाकामनामा एआई एक्स रे द्वारा क्षयरोग खोज पड्ताल क्याम्प र नसर्ने रोग परिक्षण
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को संयुक्त आयोजना तथा जनस्वास्थ्य कार्यालय चितवनको समन्वयमा बिशेषज्ञ चिकित्सक सहित तीन दिने  AI–X–Ray एक्स रे द्वारा क्षयरोग खोजपड्ताल क्याम्प र नसर्ने रोग परिक्षण स्क्रिनिङ अभियान सम्पन्न भएको छ । यहि माघ १५ गतेदेखि १७ गते सम्म गाउँपालिकाको  काउले स्वास्थ्यचौकी, चण्डीभञ्ज्याङ्ग स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाई मायाटारमा अभियान सम्पन्न भएको हो । 

images
images

4feadf24-76fb-46e3-9488-83a6c4834b5d1769878950.jpg

सो अभियानमा  छातीको  एक्स रे १ हजार २ जना ,खकार संकलन ६२ जना, सुगर जाँच ८ सय ३५,पिसाब जाँच ३ सय ७५,रक्तचाप (ब्लड प्रेसर) ९ सय ४५ र तौल र उचाईको अनुपात (BMI) ६ सय २८ जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार २२ जनामा  क्षयरोग पोजेटिभ देखिएको छ र ति बिरामिहरुलाइ तत्कालै  उपचार सुरु गरिएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०८२ आइतवार - ०८:२५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology