Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

सरकारले निर्वाचनको वातावरण बनाएको छैन : अध्यक्ष केपी शर्मा ओली

सरकारले निर्वाचनको वातावरण बनाएको छैन : अध्यक्ष केपी शर्मा ओली

images

इच्छाकामना न्युज

१६, माघ २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छैन : अध्यक्ष केपी शर्मा ओली
images

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा हुन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञसँग सुझाव लिन आयोजित छलफलमा अध्यक्ष ओलीले यो टिप्पणी गरेका हुन् ।

प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार, ओलीले भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले पार्टीले हाल भइरहेका राज्य संयन्त्रका गतिविधि र कामकारबाही नजिकबाट नियालिरहेको उल्लेख गर्दै, सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप लगाए ।

शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने भएकाले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिनेछ।’ उनले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुनेमा जोड दिएका छन्।

अध्यक्ष ओलीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहना पूरा गर्ने गरी घोषणापत्रको तयारी भइरहेको जानकारी दिएका छन् । एमालेले व्यावहारिक र पाँच वर्षमा ठोस उपलब्धि हासिल गर्न सक्ने कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - ०८:२६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology