Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

डेढ लाख घुससहित इन्जिनियर पक्राउ

डेढ लाख घुससहित इन्जिनियर पक्राउ

images

इच्छाकामना न्युज

१६, माघ २०८२
डेढ लाख घुससहित इन्जिनियर पक्राउ
images

यज्ञप्रसाद सापकोटा, गुलरिया(बर्दिया)  । बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई डेढ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाट पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मल्ललाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मल्लले वडा नं ७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापतको घुस मागेको सेवाग्राहीले बताएका छन् ।

घुस मागेको भन्ने सूचना र निवेदनको आधारमा अख्तियारको टोली खटिएको थियो । घुस लिइसकेको अवस्थामा मल्ललाई टोलीले पक्राउ गरेको आयोग सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख झरेन्द्रप्रसाद चापागाईंले बताउनुभयो ।

इन्जिनियर मल्ललाई रकमसहित नियन्त्रणमा लिई कारबाही प्रक्रिया सुरु गरिएको उहाँले बताउनु भयो । हाल रकम प्रमाणित गरि मुचुल्का उठाई अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । 

images
प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - ०८:११:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology