Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आज शहीद दिवस, देशभर सार्वजनीक विदा

आज शहीद दिवस, देशभर सार्वजनीक विदा

images

इच्छाकामना न्युज

१६, माघ २०८२
आज शहीद दिवस, देशभर सार्वजनीक विदा
images

काठमाडौँ । पालमा प्रजातन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि आफ्नो जीवनको आहुति दिने शहीदहरूको सम्मानमा आज (माघ १६ गते) देशभर 'शहीद दिवस' मनाइँदैछ। यसै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएबापत वि.सं. १९९७ मा मृत्युदण्ड पाएका चार वीर शहीद— शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानलाई विशेष रूपमा स्मरण गर्दै यो दिवस मनाइन्छ। माघ १० गतेदेखि सुरु भएको 'शहीद सप्ताह' को आज अन्तिम दिन हो।

आज बिहानै काठमाडौँको शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको छ भने विभिन्न स्थानमा शहीदहरूको प्रतिमामा माल्यार्पण गरी उनीहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाइँदैछ। शहीदहरूको बलिदानकै कारण मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सम्भव भएको भन्दै आज सरकारी निकाय, शिक्षण संस्था र विभिन्न सङ्घसंस्थाहरूमा औपचारिक कार्यक्रमहरू भइरहेका छन्।

images
प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - ०८:०२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology