Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

भरतपुरको राधापुरमा मोटरसाइकल नहरमा खस्दा १ जनाको मृत्यु

भरतपुरको राधापुरमा मोटरसाइकल नहरमा खस्दा १ जनाको मृत्यु

images

इच्छाकामना न्युज

१५, माघ २०८२
भरतपुरको राधापुरमा मोटरसाइकल नहरमा खस्दा १ जनाको मृत्यु
images

चितवन । चितवनमा बुधबार राती मोटरसाइकल अनियंत्रित भइ नहरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

राती ८ बजेको समयमा भरतपुर-१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ नजिकै पुलबाट मोटरसाइकल नहरमा खस्दा मोटरसाइकल चालक भरतपुर-१६ का ४० वर्षका विनोद सुवेदीको मृत्यु भएको हो । राधापुरदेखि पुलिस स्कुलतर्फ जाँदै गरेको बा.प्र.०६-००६ प ७७१२ नम्बरको बुलेट मोटरसाइकल आफै अनियंत्रित भइ मोटरसाइकल दुर्घटना हुँदा चालक सुवेदी गम्भीर घाइते भएका थिए । उनलाइ उपचारको लागि भरतपुर अस्पताल ल्याउदा राती ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

यस्तै बुधबार साँझ ६:३० बजेको समयमा भरतपुर-२१, जानकी चोकमा बलेरो र स्कुटर ठोक्किदा दुई जना घाइते भएका छन् ।

बिजयचोकबाट कैलाशचोक तर्फ जाँदै गरेको बा.प्र.०६-००४ प ५७४९ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र.०३-००१ च १६०५ नम्बरको बलेरो एक आपसमा ठक्कर खाँदा स्कुटर चालक भरतपुर-२१ बस्ने वर्ष २१ की सिस्था गुरुङ र पछाडी सवार वर्ष ३९ का ईस्थन गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । उनिहरुको अवस्था मध्यम रहेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८२ बिहिवार - ०८:०२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology