Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

निर्वाचन आउन ४० दिन बाँकी : मैदानमा ३४०६ उम्मेदवार

निर्वाचन आउन ४० दिन बाँकी : मैदानमा ३४०६ उम्मेदवार

images

इच्छाकामना न्युज

१०, माघ २०८२
निर्वाचन आउन ४० दिन बाँकी : मैदानमा ३४०६ उम्मेदवार
images

काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि ३,४०६ जना उम्मेदबार कायम भएको छ।

३,४८७ जनाले मनोनयन दर्ता गराए पनि उम्मेदवारी फिर्ता र रद्द भएपछि अन्तिम उम्मेदवार संख्या ३,४०६ कायम भएको हो।

फिर्ता लिनेमा धेरैजसो स्वतन्त्र तथा प्रगितिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार छन्, जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि छन्। प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको छ ।

पर्सा, बर्दिया, दाङ, सल्यानलगायत जिल्लामा उम्मेदवार फिर्ता लिएपछि प्रतिस्पर्धीहरूको संख्या घटेको छ भने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ।

यस्तै छानबिन गर्दा कागजात नपुगेका ९ जनाको भने उम्मेदवारी रद्द गरिएको छ ।

निर्वाचन आयोगका अनुसार ३४ सय ८७ ले मनोनयन दर्ता गरेकामा उम्मेदवारी फिर्ता र रद्दपछि अन्तिम उम्मेदवारको संख्या ३४ सय ६ कायम भएको हो । त्यसमा ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र अन्य समूहका १ जना छन् ।

उम्मेदवारहरूको कायम भएको अन्तिम संख्यामा २५–४० उमेर समूहका १ हजार ५६, ४१–६० उमेर समूहका १ हजार ९ सय २५ र ६१ वर्षभन्दा माथि उमेरका ४ सय २५ जना छन् ।

images
प्रकाशित मिति :माघ १०, २०८२ शनिवार - ०९:०८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology