Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँमा उम्मेदवारविरुद्ध परेन उजुरी, २८ जनाबिच प्रतिस्पर्धा

तनहुँमा उम्मेदवारविरुद्ध परेन उजुरी, २८ जनाबिच प्रतिस्पर्धा

तनहुँमा उम्मेदवारविरुद्ध परेन उजुरी, २८ जनाबिच प्रतिस्पर्धा
images

तनहुँ, माघ ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लाका दुई निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको पाइएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको योग्यतामाथि प्रश्न उठाउँदै दाबी विरोध वा उजुरी दिने निर्धारित समयभित्र कसैको पनि उजुरी दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

images
images

जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये तनहुँ क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै १६ जनाको उम्मेदवारी परेको छ, जसमा १३ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि र तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् । त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ मा १२ जना उम्मेदवारले चुनावी मैदानमा उत्रिने गरी मनोनयन दर्ता गराएका छन् ।

कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेसँगै दर्ता भएका सबै २८ जनाको उम्मेदवारी कायम रहने देखिएको छ । निर्वाचन कार्यालयले अब उम्मेदवारको नामावली प्रकाशन गर्ने, नाम फिर्ता लिन चाहनेलाई समय दिने र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । फागुन २१ गते हुने मतदानका लागि जिल्लामा चुनावी सरगर्मी बढेको छ भने सुरक्षा र व्यवस्थापकीय तयारीलाई पनि तीव्रता दिइएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) की भगवती न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस अघिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएका तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा रास्वपा वाग्लेले कांग्रेसका भट्टराईलाई पराजित गराउनु भएको थियो । भट्टराई हारको बदलता लिने सोचका साथ आगाडि बढ्नु भएको छ भने वाग्ले विराशत जोगाउन चुनावी प्रचारमा जुट्नु भएको छ । 

यस्तै, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारी, नेकपा (एमाले) का केदार सिग्देल र रास्वपाका श्रीराम न्यौपाने लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस अघि भण्डारी नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई पराजित गर्नु भएकाले जीतलाई निरन्तरता दिई पुन सांसद बन्न दौडमा लाग्नुभएको छ । गण्डकी प्रदेश सभा सदस्यमा पराजित हुनु भएका सिग्देल जीत हासिल गरेर प्रतिनिधि सभा सदस्य बन्न प्रचार प्रचारमा जुट्नु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उजुरी नपरेपछि अब उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रियाहरू अगाडि बढ्नेछन् । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा सुरक्षा प्रबन्ध र अन्य तयारीलाई समेत तीव्रता दिइएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०८२ बिहिवार - ०८:३४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology