Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

सुरुङमार्ग चलाउन दस आवेदन

सुरुङमार्ग चलाउन दस आवेदन

images
सुरुङमार्ग चलाउन दस आवेदन
images

काठमाडौँ। बहुप्रतीक्षित तथा मुलुककै पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न १० वटा सेवाप्रदायक कम्पनीले बोलपत्र भरेका छन् । आयोजनाले बोलपत्रको अवधि दुई पटक थपेपछि ती सेवाप्रदायक कम्पनीले आवेदन दिएका हुन् । सेवाप्रदायक कम्पनी छनोट गर्न आयोजनाले कात्तिक १६ गते अन्तर्राष्ट्रिय बोलपत्र (इन्टरनेसनल कम्पिटेटिभ बिडिङ, आइसिबी) आह्वान गरेको थियो ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना उपप्रमुख सञ्जय पन्थीका अनुसार सुरुङमार्ग सञ्चालन गर्न चीनका छ वटा, भारतीय तीन वटा र टर्कीको एउटा कम्पनीले आवेदन दिएका छन् । बोलपत्रको सर्त अनुसार ती १० वटै कम्पनीले नेपाली कम्पनीसँग संयुक्त (ज्वाइन्ट भेन्चर) रूपमा आवेदन दिएका हुन् । कम्तीमा एउटा नेपाली कम्पनीसँग मिलेर संयुक्त रूपमा आवेदन दिनुपर्ने बोलपत्रको अनिवार्य सर्त छ । छनोट भएका सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सो सुरुङमार्ग सञ्चालन गर्न पाउने छ ।

सेवाप्रदायक कम्पनी छनोट प्रव्रिmया पूरा गर्न अबको दुई महिना लाग्ने बताउँदै आयोजना उपप्रमुख पन्थीले भन्नुभयो, “आवेदन दिएका कम्पनीको प्राविधिक मूल्याङ्कन गर्न अबको एक महिना लाग्छ । त्यसपछि कम्पनीको आर्थिक मूल्याङ्कन सुरु हुन्छ । प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक मूल्याङ्कन गरिन्छ ।” उहाँका अनुसार सम्झौता गरेका कम्पनीले जनशक्ति जुटाउन र तिनीहरूलाई आवश्यक तालिम दिन कम्तीमा एक महिनाको समय लाग्न सक्छ । त्यसपछि ती कम्पनीले सुरुङमार्ग सञ्चालनमा ल्याउँछन् ।

नयाँ वर्षदेखि सञ्चालन

आयोजना उपप्रमुख पन्थीले सो सुरुङमार्ग नयाँ वर्ष (२०८३ साल) देखि सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले कम्पनी छनोट गर्न दुई महिना र छनोट भएका कम्पनीले जनशक्ति जुटाउन तथा तिनीहरूलाई तयारी गर्न एक महिना लाग्ने भएकाले यो वर्ष (२०८२ साल) भित्र सो सुरुङमार्ग सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । 

उपप्रमुख पन्थीले भन्नुभयो, “यो साल अब तीन महिना बाँकी छ । कम्पनी छनोटको सबै प्रव्रिmया पूरा गर्न पनि ठिक तीन महिना लाग्ने देखिएको छ । त्यसैले यो सालभित्र सुरुङमार्ग सञ्चालन गर्न नसकिने स्पष्ट देखिएको छ ।”

त्यसै गरी अहिलेसम्म सुरुङमार्गको पश्चिमी पोर्टलको निर्माण सुरु हुन सकेको छैन । आयोजना उपप्रमुख पन्थीका अनुसार पश्चिमी पोर्टल निर्माण डिजाइन तयार भई स्वीकृतिको व्रmममा छ । स्वीकृतिका लागि सडक विभागमा पेस भइसकेको छ । उहाँका अनुसार पश्चिमी पोर्टलमा सधैँ पहिरो गइरहन्छ । त्यही ठाउँमा मुख्य राजमार्गदेखि सुरुङमार्गको पोर्टलसम्म पहुँचमार्ग र ‘टोल बुथ’ निर्माण गर्नु पर्छ, जसको अहिलेसम्म डिजाइनसमेत स्वीकृत हुन सकेको छैन । यी सबै संरचना निर्माण हुन पनि दुई÷तीन महिना लाग्न सक्ने उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - ०९:०४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology