Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भक्तपुरमा चक्कु प्रहार गरी छोराले गरे आमाको हत्या

भक्तपुरमा चक्कु प्रहार गरी छोराले गरे आमाको हत्या

भक्तपुरमा चक्कु प्रहार गरी छोराले गरे आमाको हत्या
images

काठमाडौँ। भक्तपुरमा धारिलो हतियार प्रहार गरी छोराले आमाको हत्या गरेका छन्। मध्यपुर ठिमी नगरपालिका-३ तेर्सेटार बस्दै आएकी धनुषा मिथिला नगरपालिका-११ घर भएकी ५० वर्षीया सरिता भण्डारीको शुक्रबार राति हत्या भएको हो।

images
images

हत्यामा संलग्न भएको आरोपमा उनकै २७ वर्षीय छोरा प्रवीण भण्डारीसमेत घाइते छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार प्रवीणले आमाको टाउकोमा राति १०:४० मा तरकारी काट्ने चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सरिताको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा राति १०:५५ मा मृत्यु भएको जबेगुले बताए।

आमालाई प्रहारपछि प्रवीण आफैंले आफ्नो टाउकोमा चक्कु प्रहार गरेका थिए। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलबाट चक्कु र रोटी पकाउने तावा बरामद गरेको छ। घटनाको कारणबारे खुलिनसकेको जबेगुले बताए। 

images
प्रकाशित मिति :माघ ३, २०८२ शनिवार - १०:५०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology