Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

एमाले सचिवालय बैठक आज, प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउने

एमाले सचिवालय बैठक आज, प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउने

images
एमाले सचिवालय बैठक आज, प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउने
images

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले ले उम्मेदवारको अन्तिम नामावली टुङ्ग्याउने तयारी गरेको छ । प्रत्यक्षतर्फका उम्मेदवारहरूको चयन र सिफारिसलाई अन्तिम रूप दिन पार्टी केन्द्रीय सचिवालयको महत्त्वपूर्ण बैठक आज बस्न लागेको हो  ।

पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिनेछ । निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले त्यसअघि नै उम्मेदवारको टुङ्गो लगाउन एमाले सक्रिय भएको हो ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार तल्लो तहका कमिटीहरूबाट सिफारिस भई आएका नामहरूमाथि आजको बैठकमा गहन छलफल हुनेछ । ‘सम्बन्धित निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीले पठाएका सिफारिसका आधारमा सचिवालयले अन्तिम निर्णय लिनेछ,’ शाहीले भने ।

हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना प्रभावशाली नेताहरूको नाम सम्बन्धित क्षेत्रबाट सर्वसम्मत रूपमा आएको छ । अन्य क्षेत्रमा आकांक्षीहरूको संख्या धेरै भएकाले सचिवालयले सन्तुलन मिलाएर उम्मेदवार चयन गर्ने जिम्मेवारी पाएको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको सम्पूर्ण सर्वाधिकार सचिवालयलाई प्रत्यायोजन गरेको थियो ।

images
प्रकाशित मिति :माघ ३, २०८२ शनिवार - १०:४१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology