Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाटधाममा माघे संक्रान्तिको रौनक: तीन लाख भक्तजन आउने अनुमान

देवघाटधाममा माघे संक्रान्तिको रौनक: तीन लाख भक्तजन आउने अनुमान

देवघाटधाममा माघे संक्रान्तिको रौनक:  तीन लाख भक्तजन आउने अनुमान
images

तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ।

images
images

बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिएसँगै बुधबार रातिदेखि नै देशका विभिन्न भागबाट भक्तजन आउने क्रम बढेको छ। देवघाट क्षेत्र विकास समितिका अनुसार यस वर्षको मेलामा झन्डै तीन लाख भक्तजनले पवित्र स्नान गर्ने अनुमान गरिएको छ।

पवित्र त्रिशूली र कालीगण्डकी नदीको मिलनस्थल देवघाटमा माघ महिनाभर स्नान गर्नाले पुण्य प्राप्ति हुने र विशेष गरी मकर संक्रान्तिका दिन यहाँको स्नानको ठूलो धार्मिक महत्त्व रहने विश्वास गरिन्छ।
 
भक्तजनको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै क्षेत्र विकास समितिले तीनवटै जिल्लाका प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी विशेष प्रबन्ध मिलाएको छ। मेला अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।यातायात व्यवस्थापनका लागि चितवनतर्फबाट रामनगर वा दासढुङ्गा भएर देवघाट प्रवेश गर्ने र फर्कदा बागेश्वरी हुँदै आँपटारी निस्कने गरी एकतर्फी रुट तय गरिएको छ।

मुग्लिनतर्फबाट आउने सवारीसाधनका लागि दासढुङ्गाबाट सिधै प्रवेश र सोही बाटो फिर्ता हुने व्यवस्था छ। सवारी पार्किङका लागि सीताराम संस्कृत माविको परिसर र दाहसंस्कार स्थल नजिकैको बसपार्क तोकिएको छ। तनहुँतर्फबाट आउने पैदल यात्रुलाई पनि आवतजावतका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको छ।

मेला क्षेत्रलाई व्यवस्थित बनाउन देवघाटधाममा धुम्रपान, मदिरा र सुर्तीजन्य पदार्थको बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
भक्तजनको सुरक्षाका लागि वेणीमा नुहाउने ठाउँलाई डोरीले घेरेर सुरक्षित क्षेत्र छुट्ट्याइएको छ र गहिरो भागमा जान निषेध गरिएको छ। नदीमा पानीको बहाव र गहिराइलाई ध्यानमा राख्दै जोखिमपूर्ण स्थानमा खतराको संकेत समेत राखिएको छ।

images
प्रकाशित मिति :माघ १, २०८२ बिहिवार - ०७:३६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology