Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाटमा माघे सङ्क्रान्ति मेलाको भव्य तयारी हुँदै

देवघाटमा माघे सङ्क्रान्ति मेलाको भव्य तयारी हुँदै

इच्छाकामना न्युज

२९, पौष २०८२
देवघाटमा माघे सङ्क्रान्ति मेलाको भव्य तयारी हुँदै
images
देवघाट, २९ पौष । देशकै प्रमुख धार्मिक तीर्थस्थल देवघाटधाममा आगामी माघे सङ्क्रान्ति मेला २०८२ लाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न व्यापक तयारी गरिएको छ।
देवघाट क्षेत्र विकास समिति तथा माघे सङ्क्रान्ति मेला व्यवस्थापन मूल समितिले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। समितिका अनुसार तीर्थयात्री तथा दर्शनार्थीको सहज आवागमन, सुरक्षा व्यवस्था, सरसफाइ, स्वास्थ्य सेवा, खानेपानी तथा विद्युत् व्यवस्थालाई प्राथमिकताका साथ व्यवस्थापन गरिएको छ।
मेला अवधिभर श्रद्धालुहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिने जनाइएको छ। साथै, सम्भावित दुर्घटना न्यूनीकरणका लागि नदी किनार तथा भीडभाड हुने स्थानमा विशेष निगरानीको व्यवस्था गरिएको छ।
हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाखौँ श्रद्धालुहरू स्नान, पूजा तथा दानका लागि आउने परम्परा रहेको छ। यस वर्ष पनि देशका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
मेला व्यवस्थापन समितिले धार्मिक, सांस्कृतिक तथा सामाजिक मर्यादालाई ध्यानमा राख्दै सभ्य र अनुशासित रूपमा मेला सम्पन्न गर्न सबैसँग सहयोगको आग्रह गरेको छ।

images
प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - २३:२७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology