आँबुखैरेनी, २४ पौष । ब्युटी पार्लर एसोसिएसन तनहुँ–गोर्खा जिल्लाको प्रथम भेला तथा अधिवेशनबाट साधना श्रेष्ठ अध्यक्षमा चयन हुनु भएको छ।
ब्युटी पार्लर एसोसिएसन गण्डकी प्रदेशकी संरक्षक सल्लाहकार चिनु गुरुङको प्रमुख आतिथ्यता तथा ब्युटी पार्लर एसोसिएसन गण्डकी प्रदेशकी प्रमुख बबिता कार्कीको बिशेष उपस्तिथिमा बुधबार आँबुखैरेनीस्थित रोयल्स होम रिसोर्टमा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णकुमारी राना (श्रेष्ठ), सचिवमा सजिदा वानु, कोषाध्यक्षमा मुना श्रेष्ठ तथा सह–सचिवमा गोमा भट्टराई चयन हुनु भएको छ।
यसैगरी सदस्यहरूमा पुनु थापा, सृजना श्रेष्ठ, सुस्मिता अगाई, अमृता राना, पुनम गुरुङ र अञ्जना लामा रहनु भएको छ।
अधिवेशनले जिल्लामा ब्युटी पार्लर व्यवसायको प्रवर्द्धन, व्यवसायीहरूको हकहित संरक्षण तथा सीप अभिवृद्धिमा जोड दिने निर्णयसमेत गरेको छ।