Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै, ५८ दलको निर्वाचन चिह्न राखिने

आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै, ५८ दलको निर्वाचन चिह्न राखिने

images

इच्छाकामना न्युज

२५, पौष २०८२
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै, ५८ दलको निर्वाचन चिह्न राखिने
images

काठमाण्डौ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने कार्य शुक्रबारदेखि सुरु हुँदैछ ।

निर्वाचन आयोगले शुक्रबारबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने जनाएको छ । पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने आयोगले जनाएको छ ।

समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिइसकेको छ । ५८ दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीनै ५८ दलको निर्वाचन चिह्न राखेर मतपत्र तयार हुने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

उनले शुक्रबारबाट जनक शिक्षा सामग्री केन्द्रमा समानुपातिकतर्फ दुई करोड मतपत्र छाप्न सुरु गरिने बताए ।

यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । कुल मतदाातको ५ देखि १० प्रतिशत संख्यामा बढाएर मतपत्र छापिनेछ । उच्च सुरक्षा व्यवस्था मिलाएर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा मतपत्र छपाइको तयारी गरिएको छ । मतपत्र छापिनुपूर्व प्रेसको परीक्षण भइसकेको छ ।

सेतो कागजमा कालो रंगमा चुनाव चिह्नसहितको मतपत्र हुने आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्र देशैभर एकै आकारका हुनेछन् ।

‘‘सेतो कागजमा कालो चिह्न रहने गरी समानुपातिकको मतपत्र छापिनेछ,’ उनले भने, ‘मतदाताभन्दा १० प्रतिशत बढी छपाइ हुनेछ ।

प्रत्यक्षतर्फको दुई करोड मतपत्र भने ९ माघमा उम्मेदवारलाई निर्वाचन चिह्न दिएपछि ११ माघबाट छाप्न सुरु हुनेछ ।

प्रतिनिधिसभातर्फको नमूना मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा गरिएको नमूना छपाइ सकिएको हो। सामाग्री केन्द्रकाअनुसार १० लाख नमूना पतपत्र छपाइ गरिएको छ।

मतपत्र छपाई सुरु हुनु अघि बुधबार र बिहीबार नमुना मतपत्र छपाइको काम गरिएको थियो । समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ५/५ लाख नमुना मतपत्र छपाइ गरिएका थिए । नमुना मतपत्र जिल्ला जिल्लामा मतदाता शिक्षाका लागि पठाइने छन् ।

images
प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - ०८:५१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology